Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

महानगरले एमालेलाई हुलाक र इमेलबाट पठायो पत्र, बालेनलाई उपमेयर र वडा अध्यक्षको साथ


  • सोमबार, मंसिर १० २०८१

  • महानगरले एमालेलाई हुलाक र इमेलबाट पठायो पत्र, बालेनलाई उपमेयर र वडा अध्यक्षको साथ

    काठमाडौं महानगरले नेकपा एमालेलाई दरबारमार्गको सभामा फोहर गरेको भन्दै काटेको पत्र हुलाक र इमेलबाट पठाएको छ ।गत शुक्रवार नेकपा एमालेले दरबार मार्गमा गरेको सभामा फोहर गरेको भन्दै १ लाख जरिवाना गरेको महानगर टोली आइतबार पत्र बुझाउँन एमाले केन्द्रीय कार्यालय पुगेको थियो । तर एमालेले पत्र बुझ्न नमाने पछि महानगर टोली फिर्ता भएको थियो । एमालेले सभामा गरेको फोहोर आफै सभा गरिसकेको बताउँदै आएको छ ।

    एमालेलाई जरिवाना गर्दै पत्र काट्ने काम मेयर शाहकै निर्देशनमा भएको दावी एमाले नेताहरूले गरेका छन । बालेनको यो कदमको महानगरमा एमालेबाट निर्वाचित उपमेयर सुनिता डंगोल र वडा अध्यक्षहरुको समेत सर्मथन देखिएको छ ।

    काठमाडौं महानगर पालिकामा एमालेबाट उपमेयर सहित १२ वडा अध्यक्ष र वडा सदस्यहरु निर्वाचित भएका छन ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij