काठमाडौं – काठमाडौं महानगर पालिका का मेयर सत्तारूढ नेकपा एमाले विरुद्ध कम्मर कसेर लागेका छन । गत शुक्रवार नेकपा एमालेले दरबार मार्गमा गरेको सभामा फोहर गरेको भन्दै १ लाख जरिवाना गरेको महानगर टोली आइतबार पत्र बुझाउँन एमाले केन्द्रीय कार्यालय पुगेको थियो । तर एमालेले पत्र बुझ्न नमाने पछि महानगर टोली फिर्ता भएको छ । एमालेले सभामा गरेको फोहोर आफै सभा गरिसकेको बताउँदै आएको छ ।
एमालेलाई जरिवाना गर्दै पत्र काट्ने काम मेयर शाहकै निर्देशनमा भएको दावी एमाले नेताहरूले गरेका छन ।
काठमाडौं महानगर पालिकामा एमालेबाट उपमेयर सहित १२ वडा अध्यक्ष र वडा सदस्यहरु निर्वाचित भएका छन । तर महानागर प्रमुख र महानगर पालिका एमाले विरुद्ध निरन्तर आक्रामक बन्दा उनीहरुले मौन समर्थन गर्दै आएका छन ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
