काठमाडौं – काठमाडौं महानगर पालिकाका प्रमुख वालेन्द्र शाहले एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको गिरि बन्धु टि स्टेटको जग्गा सट्टा प्रकरणमा भ्रष्टाचार गरेको आरोप लगाए । उनले आरोप मात्रै लगाएनन, ओलीले भ्रष्टाचार गरेको रकमले काठमाडौंका सुकुम्बासीको व्यवस्थापन गर्न पुग्ने बताए । संघिय राजधानीका मेयरले ओलीलाई भ्रष्टाचार गरेको भनेर किटेरै आरोप लगाउँदा पनि एमालेले उचित ढंगवाट प्रतिवाद गर्न सकेन ।
त्यस यता वालेनले प्रधानमन्त्री ओली र एमाले विरुद्ध निरन्तर प्रहार गरिरहेका छन । ओली सहभागी सार्वजनिक कार्यक्रममा वालेन सर्मथकले ओली विरुद्ध नारावाजी गर्ने गरेका छन भने वालेनको पक्षमा हुटिङ गर्ने गरेका छ । राजनितिक कार्यक्रममा मात्रै होइन, खेलकूद र सांस्कृतिक कार्यक्रममा समेत बालेन समर्थकले ओली विरुद्ध नारावाजी गर्ने गरेका छन ।
गएको इन्द्रजात्रामा प्रधानमन्त्रीका रूपमा ओली सहभागी हुने भए पछि आफ्नो बैंग्लोर बसाई लम्बाएर इन्द्रजात्रा नै छले । वरु उनका केहि सर्मथकले बालेनको फोटो भएको टिसर्ट लगाएर संकेतिक विरोध दर्साए ।
वालेनले कहिले शिंहदरवार जलाउँछु भनेर लेख्छन त कहिले नेताहरुले देश बेच्दैछन भनेर आक्रोश पोख्छन । उनको निशानामा सबै भन्दा बढी ओली र एमाले पर्दै आएको छ ।
मंसिर ७ गते शुक्रवार एमालेले काठमाडौंको दरवारमार्गमा जागरण सभा आयोजना गऱ्यो । सभा सकिएको केहि घण्टामै काठमाडौं महानगरले फोहर गरेको भन्दै १ लाख जरिवाना गरेको पत्र सार्वजनिक गऱ्यो । तर एमाले महासचिव शंकर पोखरेलले महानगरको कदमको प्रतिवाद गर्दै आफ्ना स्यंमसेवकहरुले सफाई गर्दै गर्दा महानगरले जरिवाना गरेको भन्दै वालेन एमाले विरुद्ध परिचालित भएको आरोप लगाए ।
महासचिव पोखरेलले भनेका छन –
‘काठमाण्डौं महानगरका मेयर वालेन नेकपा(एमाले)का विरुद्ध परिचालित छन् भन्ने कुरा आजको सभा पछि सार्वजनिक गरिएको जरिवाना पर्चावाट बुझ्न सकिन्छ । कार्यक्रम समापन भएपछि त्यहाँको सरसफाई आयोजकका तर्फवाटै भइरहेको थियो । संकलन गरिएको भएको फोहर उठाउनका लागि महानगरलाई गाडी पठाइदिन अनुरोध गरिएको थियो । अनुरोधलाई स्विकार गरेर सहयोग गर्नुको साटो फोहर गरेको भनेर जरिवानाको प्रचार गरियो मेयरको निर्देशनमा । जतिवेला महानगरका नाममा जरिवाना पर्चा सार्वजनिक गरियो त्यतिवेला स्वयम् सेवकहरु कार्यक्रम थलोमै फोहर संकलन गरेर गाडीमा राख्दै थिए । मंच र मंचमा प्रयोग गरिएका सामाग्री हटाउने काम सगसंगै जारी नै थियो ।
तर पनि मेयरको ध्यान सरसफाईमा होइन जरिवानाको स्टण्टवाजीमा थियो । जुन समय अगावै सार्वजनिक गरियो ।
नेकपा(एमाले) पार्टी आफ्नो कार्यक्रम पछि कार्यक्रम स्थल सफा गर्दछ भन्ने कुरा हेक्का भएन मेयर वालेनलाई ।
जागरण सभा यस प्रकारका स्टण्टवाजी गर्नेहरु
लाई सचेत बनाउनका लागि पनि हो ।’
बालेनको निर्णय प्रति महासचिव स्तरकै पदाधिकारीवाट प्रतिवाद हुँदा पनि महानगरमा एमालेकै तर्फबाट निर्वाचित उपमेयर सुनिता डंगोल र अन्य वडा अध्यक्ष तथा सदस्यहरुले कुनै प्रतिक्रिया जनाएनन । उनीहरुले जागरण सभामा फोहर गरेको भन्दै १ लाख जरिवाना गराएको विषयमा मात्र होइन, पार्टी अध्यक्ष एवं मुलुककै प्रधानमन्त्री माथी भ्रष्टाचारी देखि देश बेच्ने सम्मको आरोप लगाउदा पनि नसुनेझै गरेर बस्ने गरेका छन् ।
एमालेकै टिकट लिएर सुर्य चिन्हबाट जनप्रतिनिधि भएका महानगरमा उपमेयर सहित १२ जना वडा अध्यक्ष छन । वडा सदस्यहरु समेत उल्लेख्य छन । महासचिवले गर्ने प्रतिवाद उपमेयर र वडा अध्यक्षहरूबाट भएको भए त्यसको प्रभाव बेग्लै पर्ने थियो । तर एमाले र कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरु वालेन प्रवित्तिको विरुद्ध कार्यपालिका बैठक र बाहिर मुखै खोल्न चाहदैनन ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
