Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेपाल प्रिमियर लिगको खेल तालिका सार्वजनिक, उद्घाटनमा विराटनगर र जनकपुर भिड्ने


  • सोमबार, मंसिर ३ २०८१

  • नेपाल प्रिमियर लिगको खेल तालिका सार्वजनिक, उद्घाटनमा विराटनगर र जनकपुर भिड्ने

    काठमाडौं- नेपाल प्रिमियर लिग (एनपिएल) को खेल तालिका सार्वजनिक भएको छ।   नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार सार्वजनिक गरेको तालिकाअनुसार १५ मंसिरको उद्घाटन खेलमा विराटनगर किङ्ग्स र जनकपुर बोल्ट भिड्नेछन् ।  सो खेल मध्यान्ह १२:१५ मा हुनेछ।

    पहिलो खेल बिहान सवा ९ र दोस्रो खेल दिउसो सवा १ बजे हुनेछन्। नेपाल प्रिमियर लिगमा सहभागी आठ टोली एक अर्कासँग भिडेपछि प्लेअफ हुनेछ। शीर्ष २ मा रहने टोली क्वालिफायरमा पुग्नेछन् भने तेस्रो र चौथो हुने टिम एलिमिनेटरमा भेट्नेछन्। फाइनल खेल पुस ६ मा हुनेछ। मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचनका कारण कुनै खेल हुने छैन। फाइनल खेल ६ पुसमा हुनेछ ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij