Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

प्रधानमन्त्री कै पार्टी किन जाँदैछ सड्कमा ?


  • शुक्रबार, कार्तिक ३० २०८१

  • प्रधानमन्त्री कै पार्टी किन जाँदैछ सड्कमा ?

    काठमाडौं – सत्ताको नेतृत्व गरेक दल नेकपा एमालेले मंसिर ७ गते सडक प्रदर्शन गर्दै छ । सरकारको नेतृत्व गरेको दलले नै किन सड्क रोज्नु पर्ने अवस्था आयो त ? यसको सिधा जवाफ स्यंम एमालेसंग पनि छैन । नेताहरुले यसको जवाफ राजनितिक रूपमा घुमाएर दिने गरेका छन । एमाले महासचिव शंकर पोखरेल दल र नेतृत्व प्रति भ्रम फैलाइएकाले जन प्रदेशन गर्न लागेको बताउँछन् । उनले भने – ठूला दल विरुद्ध प्रायोजित प्रचार गरेर भ्रम फैलाइयो । फेक आइडी बनाएर बदनाम गर्ने प्रयास भइरहेको छ ।
    उनको कुराले एमाले र अध्यक्ष केपी शर्मा ओली लाई सामाजिक सञ्जाल र अन्य फोरमहरुमा आलोचना बढेकाले एमाले सङ्कमा जान लागेको बुझ्न सकिन्छ । पछिल्लो समयमा एमाले र विषेश गरी प्रधानमन्त्री ओली माथी माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी र काठमाडौं महानगर पालिकाका मेयर बालेन शाह सहित उनका सर्मथकले कडा आलोचना गर्दै आएका छन । बालेनले सामाजिक सञ्जाल मार्फत ओलीलाई निरन्तर प्रहार गर्दै आएका छन भने उनका सर्मथकले ओली सहभागी कार्यक्रममा नारावाजी नै गर्ने गरेका छन । बालेन सर्मथकले राजनितिक कार्यक्रममा मात्र नभई सांस्कृतिक पर्व र खेलकूदका कार्यक्रममा समेत नारावाजी गर्ने गरेका छन ।
    यता रास्वपा नेता तथा कार्यकर्ताले पनि ओली विरुद्ध कडा विरोध गर्दै आएका छन । सभापति रबि लामिछाने लाई सहकारी ठगी प्रकरणमा अनुशन्धान गर्न हिरासतमा राखिए पछि उनीहरु ओली प्रति आक्रामक छन ।
    सत्ताबाट हटे पछि माओवादी पनि ओली विरुद्ध खनिएका छन ।
    तर एमाले सिधै यी तीन कारण बताउँन भने चाहदैन । एमाले वाग्मती प्रदेशका छन्चार्ज डा . राजन भट्टराईले अराजकता विरुद्ध विधिको शासन स्थापित गर्ने देखि उपनिर्वाचनको माहोल आफ्नो पक्षमा पार्न जागरण सभा आयोजना गर्न लागिएको दावी गर्छन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij