काठमाडौं – मुलुकमा बाढी पैरोले ठूलो जनधनको क्षति भइरहेको वेला मुलका जिम्बेवार पदाधिकारीहरु अर्थहिन काममा घण्टौ समय विताएर बसेको पाइएको छ । असोज १२ गते अविरल वर्षा र त्यसले निम्त्याएको बाढी पहिरोले ठूलो जनधनको क्षति भइरहदा प्रधानमन्त्री केपी ओली अमेरिकामा थिए । प्रधनमन्त्रीले फेसबुक मार्फत दुइवटा अनुरोध गर्ने बाहेक अरु खासै सक्रियता देखिएन । अर्थमन्त्री विष्णु पौडेल चीन भ्रमणमा थिए ।
यता गृहमन्त्री रमेश लेखक र स्वास्थ्य मन्त्री प्रदीप पौडेलले १२ गते एउटा सामुदायिक प्रहरीको कार्यक्रममा घण्टौ बिताए । विपद्को समयमा गृह र स्वास्थ्य मन्त्रीको जिम्बेवारी कति हुन्छ भनेर चर्चै गर्न परेन । तर मुलुक बाढी पहिरोको चपेटामा परेको बेला गृहमन्त्री लेखक र स्वास्थ्य मन्त्री पौडेल बाँसवारी समुदायिक प्रहरी सेवा केन्द्रको कार्यक्रममा भाषण ठोक्दै थिए । प्रहरी नायव निरिक्षक प्रमुख रहने प्रहरीको सानो युनिटमा गृह र स्वास्थ मन्त्री जस्तो महत्वपूर्ण जिम्बेवारीमा रहेका दुइ / दुई जना जानु नै पदकै गरिमाको धज्जी उड्नु हो । अझ मुलुक प्राकृतिक विपत्तिको चपेटामा परेको समयमा गृह मन्त्री लेखक र स्वास्थ्य मन्त्री पौडेलले देखाएको गैरजिम्बेवार ब्यवहार उदेक लाग्दो छ ।

गृह मन्त्री लेखक र स्वास्थ्य मन्त्री पौडेलको मात्रै गैरजिम्बेवार हर्कत होइन मुलकमा प्राकृतिक विपत्ति परेको बेला मुख्य सचिव एकनारायण अर्याल गृह जिल्ला स्याङ्जामा आफु पढेको विद्यालयमा सम्मान ग्रहण गर्दै थिए । संकटको बेला सबै भन्दा अग्रभागमा खट्नु पर्ने प्रहरी प्रमुख बसन्त कुँवर ग्रिस भ्रमणमा छन । यी त केहि गैरजिम्मेवारीका दृष्टान्त मात्रै हुन । समग्रमा यो पटकको प्राकृतिक विपत्तिमा राज्यका सबै संयन्त्र प्रभावहिन देखिए ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
