Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

रवि लामिछानेलाई पक्राउ गर्न कास्की जिल्ला अदालतको अनुमति 


  • आइतबार, असोज ६ २०८१

  • रवि लामिछानेलाई पक्राउ गर्न कास्की जिल्ला अदालतको अनुमति 

    काठमाडौं – पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गर्न कास्की जिल्ला अदालतले अनुमति दिएको छ । जिल्ला न्यायाधीश कृष्णजंग शाहको इजलासले लामिछाने लाई पक्राउ गर्ने अनुमति कास्की प्रहरीलाई दिएको हो । उनलाई पक्राउ गर्ने तयारी गरिएको छ ।

    सहकारी संस्थाका बचत अपचलनमा संसदीय विशेष छानबिन समितिले कारबाही सिफारिस गरेका गोर्खा मिडिया नेटवर्कका सञ्चालक समेत रहिसकेका लामिछाने लाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको छ । आजै सोहि प्रकरणमा जोडिएका पूर्व डिआइजी छविलाल जोशीलाई पक्राउ गरिएको थियो ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij