Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

के कारणले हारिन रामकुमारी ? गुटको शिकार की आफ्नै अहंकार ?


  • बुधबार, भाद्र १२ २०८१

  • के कारणले हारिन रामकुमारी ? गुटको शिकार की आफ्नै अहंकार ?

    काठमाडौं – नेकपा एकिकृत समाजवादीकी युवा नेतृ रामकुमारी झाक्री महिला उपाध्यक्षमा पराजित भइन । पार्टीको कार्यकारी भूमिकामा उदाउँने अपेच्क्षा गरिएकी झाक्री आरक्षित पदमै भारी मतान्तरले पराजित भए पछि अहिले चर्चाको केन्द्रमा छिन । अध्यक्ष माधवकुमार नेपालले वितरण गरेको सुचि भित्र परे पनि उनी पराजित भइन । उनको हारको कारण के हो भनेर विश्लेषण भइरहेको छ ।
    नेकपा एसका नेताहरुका अनुसार उनको हार हुनुमा पछिल्लो समय उनी भित्र मौलाउँदै गएको अहंकार मुख्य कारण हो । पार्टी भित्र र बाहिर उनी अलोकप्रिय बन्दै गएकी थिइन । ‘जोसंग पनि विवाद गर्ने र आफु मात्र ठिक, अरु सव खराब भन्ने अहंकारले उनलाई पार्टी पदाधिकारी बन्नबाट रोक्यो’ – एक नेताले भने । शहरी विकास विकास मन्त्रीबाट हटेपछि उनले पार्टीले नेतृत्वले दिएको जिम्मेवारी पुरा नगरेको आरोप लाग्दै आएको थियो । मन्त्रीबाट हट्‌दाको पीडा र आक्रोशले उनलाई समग्र राजनितिमै कमजोर बनाएको आकलन गरिएको छ ।
    एमालेका नेताहरुसंग सम्पर्क बढाई प्रवेश गर्न खोजेको आरोप पनि उनी माथी लागेको थियो । तर एमालेले उनलाई पार्टीमा भित्राउने कुरामा खासै रुचि देखाएन । कुनै वेला एमाले अध्यक्ष केपी ओलीको कटु आलोचक रहेकी झाक्रीलाई सोहि कारण एमालेको ढोका बन्द भएको मानिन्छ ।
    ६२ / ६३ को आन्दोलनबाट चर्चा कमाएकी झाक्रीलाई नजिकबाट बुझ्नेहरु उनको स्वभाव र शैलीमा पछिल्ला दिनमा ठूलो परिवर्तन आएको बताउँछन् । उनी भित्र हुर्कदै गएको अहंकार र दम्भले क्रमश : उनलाई राजनितिमा कमजोर बनाउँदै लगेको धेरैको बुझाई छ ।
    संचार माध्यमहरुले पुल्पुल्याए पनि उनले आफ्नै पार्टीका सहकर्मीको मन जित्न सकिनन् ।
    उनले जयन्ती राईसंग पराजय भोगेकी हुन । महिला उपाध्यक्षमा उम्मेवादी दिएकी झाक्री राईले १८९ मत पाउँदा झाँक्रीले ११२ मत मात्र पाइन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij