काठमाडौं – काठमाडौं क्षेत्र नं . ५ ख का सांसद श्याम बहादुर खड्का वाग्मती प्रदेश सरकारको विनाविभागीय मन्त्री भएका छ । मुख्यमन्त्री बहादुर शिंह लामा नेतृत्वको सरकारमा खड्का विना विभागिय मन्त्री भएका हुन । मुख्यमन्त्री लामाले प्रदेश प्रमुख समक्ष सपथ ग्रहण गरे लगतै खड्का सहितका मन्त्रीहरुले सपथ ग्रहण गरेका छन । एमालेबाट ६ सहित कांग्रेसका ३ विना विभागिय मन्त्री नियुक्त भएका छ । खड्का काठमाडौं क्षेत्र नं ५ का क्षेत्रिय सभापति हुन ।
नवनियुक्त मन्त्रीहरूमा नेकपा एमालेका तर्फबाट प्रकाश श्रेष्ठ कृषि तथा पशुपन्छी, किशोर सिलवाल वन तथा वातावरण, किरण थापा स्वास्थ्य, अमन मास्के भौतिक योजना तथा पूर्वाधार, शुकमाया तामाङ उद्योग वाणिज्य भूमि तथा प्रशासन, प्रेमभक्त महर्जन श्रम, रोजगार तथा यातायात छन् । त्यस्तै, नेपाली कांग्रेसका तर्फबाट कुन्दनराज काफ्ले, श्याम खड्का र मधु श्रेष्ठलाई विनाविभागीय मन्त्रीको जिम्मेवारी तोकिएको प्रदेश प्रमुख सचिवालयका प्रवक्ता गोविन्दप्रसाद पौडेलले बताए ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
