काठमाडौं – उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले जनताकाे चाहना र देशकाे आवश्यक्ताअनुसार संविधान संशोधन हुनसक्ने बताएका छन् । सहिद स्मृति प्रतिष्ठानले साेमबार आयाेजना गरेकाे `वर्तमान संविधान र समाजवादउन्मुख लाेकतन्त्र´ विषयक विचार गाेष्ठी र श्रमिक विमर्श विशेष स्मारिका विमाेचन कार्यक्रममा बाेल्दै नेता सिंहले प्रक्रिया पूरा गरेर संविधान संशोधन गर्न सकिने बताउनु भएकाेछ ।
`याे संविधानकाे विशेषता नै प्रक्रिया पूरा गरेर संविधानमा जनताकाे माग र समयकाे आवश्यकता अनुसार संशाेधन गर्न सकिने प्रावधान हाे । जनताकाे माग र देशकाे आवश्यकताअनुसार संविधान संशाेधन हुन सक्छ´, उनले भने,`३ तहकाे सरकारले अधिकारसम्पन्न भएर काम गरेकाे भए याे तहमा पुग्दैनथ्याै भन्ने मलाई लाग्छ ।´
संघ, प्रदेश र स्थानीय ३ तहकाे सरकार अधिकार सम्पन्न नहुँदा अहिलेकाे जटिलअवस्था सिर्जना भएकाे भन्दै उपप्रधानमन्त्री सिंहले वर्तमान सरकारले राेजगारी सिर्जना गर्ने, उद्याेग संचालन काे वातावरण बनाउने र अर्थतन्त्रलाई ठिक ठाउँमा ल्याउनु सरकारकाे प्राथमिकता रहेकाे बताए ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
