Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

अर्जेन्टिनाले जित्यो कोपा अमेरिकाको उपाधि


  • सोमबार, असार ३१ २०८१

  • अर्जेन्टिनाले जित्यो कोपा अमेरिकाको उपाधि

    काठमाडौं – कोलम्बियालाई पराजित गर्दै अर्जेन्टिनाले कीर्तिमानी १६ औं पटक कोपा अमेरिका फुटबलको उपाधि जितेको छ । दक्षिण अमेरिकाको सबैभन्दा ठूलो फुटबल प्रतियोगिताको उपाधि जित्ने क्रममा अर्जेन्टिनाले आज अमेरिकाको मायमीस्थित हार्ड रक रंगशालामा कोलम्बियालाई १-० गोलले पराजित गर्‍यो।

    अर्जेन्टिनाका लागि लाउटारो मार्टिनजेल ११२औं मिनेटमा जिओभानी लो सोल्सोको पासमा निर्णायक गोल गरे । लाउटारो र लो सोल्सो दुवै ९७ औं मिनेटमा मैदान प्रवेश गरेका थिए ।

    निर्धारित ९० मिनेटमा दुवै टोलीले गोल गर्न नसकेपछि खेल अतिरिक्त समयमा गएको थियो । जहाँ जारी कोपाकै सर्वाधिक गोलकर्ता लाउटारो नायक बने ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij