Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

बालेन्द्र विरुद्ध संसद्‌मा शिंह र शाहको चर्को आक्रोश


  • बुधबार, असार ५ २०८१

  • बालेन्द्र विरुद्ध संसद्‌मा शिंह र शाहको चर्को आक्रोश

    काठमाडौं – कवाड ब्यवसायीहरुमाथी काठमाडौं महानगरले धरपकड गरे पछि उनीहरु यति बेला आन्दोलनमा छन । आफुहरुलाई महानगरले विस्थापित गर्न खोजेको भन्दै आन्दोलनमा उत्रिएका कवाड ब्यवसायी माथी प्रहरीले समेत दमन गरे पछि केहि व्यवसायी गम्भिर घाइते भएका छन । आफुहरुलाई नहटाउन उच्च अदालत पाटनले दिएको आदेश समेत नमानेको गुनासो ब्यवसायीको छ ।

    यही प्रकरणले विहिवारको संसद तातेको छ । स्वतन्त्र सांसद डा.अमरेश शिंहले महानगरका मेयर बालेन्द्र शाहको कडा आलोचना गरे । बालेन्द्र प्रति आक्रामक देखिएका शिंहले काठमाडौं महानगर र मेयर बालेन्द्रको घर अघि कवाड थुपार्न व्यवसायीहरुलाई आव्हान गरे । त्यसो गर्न आफ्नो साथ रहने पनि उनले बताए । यस्तो कार्य स्यंम मेयर वालेन्द्रले सिकाएको शिंहको भनाई छ । केहि दिन अघि मेयर बालेन्द्रले सडक विभाग अगाढी फोहोर थुपारेर विरोध जनाएका थिए ।

    सांसद शिंह सरकार प्रति पनि क्रुद्ध देखिए । कवाड ब्यवसायी माथी प्रहरीले दमन गरेको भन्दै उनले मधेशी देख्ने वित्तिकै दमन गरिएको गम्भिर आरोप लगाए । उनले रंगभेद गरिएको आरोप समेत लगाउँन भ्याए । घटनका बारेमा गृहमन्त्रीको जवाफ चाहेका शिंहले संसद बैठकमा गम्भिर आरोप सहित आक्रोश पोखे ।

    प्रतिनिधि सभाकै अर्का सदस्य प्रभु शाहले पनि कवाड ब्यवसायीहरु माथी दमन गरिएको भन्दै संसद्‌मा विरोध जनाए । उनले ५० बढी व्यवसायी घाइते भएको भन्दै सरकारको जवाफ माग गरे । सांकेतिक विरोध गर्न पाउने सम्बैधानिक हकको विरुद्ध दमन गरिएको सांसद शाहको जिकिर छ ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij