काठमाडौं– नेपालले आईसीसी टी– २० विश्वकप २०२४ मा आज नेदरल्यान्ड्ससँग खेल्दैछ । खेल नेपाली समय अनुसार राति अमेरिकाको डालसमा रहेको ९ : १५ मा ग्राड प्रेरी क्रिकेट रंगशालामा सुरु हुनेछ । समूह डी मा नेपाल, नेदरल्यान्ड्स, श्रीलंका, बंगलादेश र दक्षिण अफ्रिका छन् ।
आइतबारदेखि शुरु भएको प्रतियोगिता अन्तरगत उक्त समूहमा नेपालसहित नेदरल्यान्ड्स, दक्षिण अफ्रिका, श्रीलंका र बंगलादेश छन् । दोस्रो खेल भने जुन ११ मा श्रीलंकासँग अमेरिकाकै फ्लोरिडामा हुनेछ । त्यसपछि नेपालको टोलि वेस्ट इन्डिजतर्फ लाग्नेछ ।
वेस्ट इन्डिजको भिन्सेन्टमा जुन १४ दक्षिण अफ्रिका र जुन १६ मा नेपालले बंगालादेशसँग प्रतिस्पर्धा गर्ने छ ।आगामी जुन २९ सम्म हुने उक्त विश्वकपमा २० राष्ट्रले भाग लिंदै छन् । यसैबीच,टी–२० अन्तरगत नवौं संस्करणको विश्वकप क्रिकेट प्रतियोगिताको विजेताले२४ लाख ५० हजार अमेरिकी डलर पुरस्कार पाउने भएका छन् ।
अन्तरराष्ट्रिय क्रिकेट परिषद(आईसीसी )ले सोमबार जारी गरेको विज्ञप्ति अनुसार उपविजेताले १२ लाख २८ हजार अमेरिकी डलर पाउनेछन् । त्यस्तै प्रतियोगितामा सहभागी सबै टिमले २ लाख २५ हजार अमेरिकी डलर पाउनेछन् ।
आईसीसीको यो घोषणा अनुसार नेपालले पनि २ लाख २५ हजार डलर पाउनेछ । अर्थात् नेपालले करिब ३ करोड नेपाली रुपैयाँ पाउने छ । आईसीसी टी-२० विश्वकपमा सहभागी हुन अमेरिका गएको नेपाली टोली क्रिकेट टोलीको कप्तानमा रोहित पौडेल छन् ।
टी-२० विश्वकपमा २८ दिनभित्र ५५ खेल हुनेछन् ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
