काठमाडौं– फ्रेञ्च स्टार फरवार्ड केलियन एम्बाप्पे स्पेनिस क्लब रियल मड्रिडमा अनुबन्धित भएका छन्। सोमबार रियलले विज्ञप्ति जारी गरी एम्बाप्पेलाई अनुबन्ध गरेको सार्वजनिक गरेको हो।
एम्बाप्पेले पनि सामाजिक सञ्जालमार्फत आफू रियलमा अनुबन्धित भएको जानकारी गराएका छन्। उनले रियलमा अनुबन्धित हुन पाउँदा आफू अत्यन्त खुशी भएको पनि बताएका छन्।
‘म कति उत्साहित छु भन्ने कुरा कसैले सोच्न सक्दैनन्। मेरो सपना पूरा भएको छ। आफ्नो ड्रिम टिमसँग जोडिन पाएकामा खुशी र गौरवान्वित छु,’ इन्स्टाग्राममा एम्बाप्पेले लेखेका छन्। रियलले आर्थिक विवरण नखुलाएपनि बिबिसीका अनुसार उनले वर्षको १५ मिलियन युरो तलब पाउनेछन्। त्यसबाहेक रियलमा आउन मानेबापत ५ वर्षमा पाउनेगरी १५० मिलियन युरोको बोनस पनि पाउनेछन्।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
