काठमाडौं – माओवादी नेता एवं पूर्व लडाकु कमाण्डर कालि वहादुर खाम पक्राउ परेका छन । करिव १५ वर्ष अघि रेन्टुरेण्ट व्यवसायी रामहरी श्रेष्ठको हत्या आरोपी खाम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका विश्वास पात्र हुन । माओवादी युद्धमा महत्वपूर्ण भूमिका खेलेका खाम माथी ब्यवसायी श्रेष्ठलाई २०६५ वैशाख १५ गते नियन्त्रणमा लिएर चितवनको शक्तिखोरस्थित माओवादी लडाकुको शिविरमा पुर्याइ हत्या गरेको आरोप छ ।
वैसाख २८ गते श्रेष्ठको शब नारायणी नदिको जुगेडिमा फेला परेको थियो । शान्ति प्रक्रियाको समयमा माओवादी लडाकुको तेस्रो डिभिजन शक्ति खोर चितवनको सम्पर्क कार्यालय बाट करिव १७ लाख नगद र पेस्तोल चोरी भएको घटनामा खामले ब्यवसायी श्रेष्ठलाई नियन्त्रणमा लिएर कुटपिट गरेको र सोहि क्रममा उनको मृत्यु भएको थियो । तेस्रो डिभिजनको काठमाडौं सम्पर्क कार्यालय श्रेष्ठकै घरमा थियो ।
घटनामा तत्कालीन माओवादी लडाकु हरु गोविन्दबहादुर बटाला, केशव अधिकारी, गंगाराम थापा, अर्जुन कार्कीलगायतको समेत संलग्नता रहेको प्रहरी अनुशन्धानले देखाएको छ ।
सोहि समय देखि फरार भनिए पनि उनी प्रचण्ड सहितका माओवादीका नेता को सम्पर्कमा थिए भने पार्टीको जिम्बेवारीमा समेत लिए । सरकारी उदासिनता र संरक्षणकै कारण उनी पक्राउ परेका थिएनन् ।
माओवादी युद्धमा धेरै जसो मोर्चामा नेतृत्वदायी भूमिकामा रहेका खाम माओवादी योद्धाका एउटा बलियो खम्बा थिए । कान्ति प्रक्रियासंगै उनी राजनितिक भन्दा पनि अपराधिक घटनामा जोडिदै आएका हुन । उनी माथी चिनियाँ ब्यापारी लुटपाट गरेको समेत आरोप छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
