काठमाडौं – ललितपुरमा भएको नेपाली कांग्रेसको महासमिति बैठकले अव आउने चुनावमा कुनै पार्टी संग पनि गठवन्धन नगरी लड्ने निर्णय गरेको छ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले गरेको गठबन्धन नगरी एक्लै चुनाव लड्ने प्रस्ताव महासमिति बैठकबाट पारित भए पछि गठवन्धन नगरी एक्लै चुनाव लड्ने पक्षमा कांग्रेस उभिएको हो।
‘पार्टीका सदस्यहरू, शुभेच्छुक तथा समर्थक र आम नागरिकलाई पूर्ण विश्वास दिलाउँदै, दृढ संकल्प गर्छ- हामी भविष्यमा हुने आवधिक निर्वाचनहरू आफ्नै ताकतमा एक्लै लड्ने छौं र हाम्रो मतदातालाई नेपाली कांग्रेसको चुनाव चिह्न ‘रूख’ मा नै मत हाल्न पाउने अवस्था सुनिश्चित गर्नेछौं,’ महामन्त्री थापाको प्रतिवेदनमा भनिएको छ ।
जारी महासमिति बैठकमा पेस गरिएका चारवटा प्रस्ताव सर्वसम्मतिले पारित भएका छन्।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
