काठमाडौं– आज सोमबारदेखि संघीय संसदको हिउँदे अधिवेशन सुरु हुँदै छ। माघ २२ गते दिउँसो ४ बजे संघीय संसदको दुवै सदनको बैठक बोलाईएको छ । संघीय संसद सचिवालयले दुवै सदनको सोमबारको बैठकको लागि सम्भावित कार्यसूची तयार पारेको छ । जस अनुसार प्रतिनिधिसभा बैठकको लागि ७ र राष्ट्रिय सभा बैठकको लागि ६ वटा सम्भावित कार्यसूची तय गरिएका छन् ।
संसद अधिवेशन चालु नरहेको बेला सरकारले बजेट निर्माण कार्यतालिका हेरफेर गर्ने गरि अध्यादेश ल्याएको थियो । आजको बैठकमा सो अध्यादेश पनि पेश हुने छ । आजको बैठकमा अर्थ मन्त्री डा० प्रकाश शरण महतले “आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८०” पेश गर्ने कार्यसूची रहेको छ। यस अध्यादेशले बजेटको सिद्धान्त र प्राथमिकता , बजेट प्रस्तुत गर्नु अघि पेश हुने नीति तथा कार्यक्रम र आर्थिक सर्वेक्षण पेश हुने कार्यतालिकामा फेरबदल गरेको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
