Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

आवधिक योजनाका बारेमा राष्ट्रिय योजनाका पदाधिकारीहरूसँग छलफल


  • मंगलबार, माघ ९ २०८०

  • आवधिक योजनाका बारेमा  राष्ट्रिय योजनाका पदाधिकारीहरूसँग छलफल

    काठमाडौँ, ९ माघ : उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले १६ औँ आवधिक योजनाका बारेमा सन्दर्भमा राष्ट्रिय योजनाका पदाधिकारीहरूसँग छलफल गर्नुभएको छ । मंगलबार रक्षा मन्त्रालयमा उपप्रधानमन्त्री खड्काले योजना आयोगका उपाध्यक्ष, सदस्य र सचिवालयका अधिकारीहरूसँग आगामी आवधिक योजना १६ औँ आवधिक योजनाकाबारेमा छलफल गर्नुभएको हो ।

    उपप्रधानमन्त्री खड्काले विगतमा बनाएका योजना के कति कारणले पूरा भएनन् ? तिनको समस्या पत्ता लगाई समाधानका उपायसहित १६ औँ योजना तर्जुमा गर्न सुझाव दिनुभएको छ । १६ औँ आवधिक योजना बनाउँदा विभिन्न कारणले विकास निमार्णमा पछि परेका प्रदेशहरूलाई क्षतिपूर्ति सहितको योजना बनाउने विषयमा पनि योजना आयोगका पदाधिकारीहरूको उहाँले ध्यानाकर्षण गराउनु भएको छ । यसरी योजना बनाउँदा सम्बन्धित प्रदेशका जनताले अनुभूति गर्ने र व्यवहारमा लागु हुने गरी बनाउनेपर्ने उपप्रधानमन्त्री खड्काको सुझाव थियो ।

    यस्तै, छलफलमा उहाँले आगामी योजना तर्जुमा गर्दा देशको भूगोल र मौसमअनुसार कहाँ के उत्पादन हुने हो त्यसको ठोस अनुसन्धान गर्न र किसानको उद्पादनले बजार पाउने सुनिश्चितता गर्ने कुरालाई उच्च प्राथमिकतामा राख्न पनि आग्रह गर्नुभएको छ ।
    अहिले विकास निमार्ण गर्दा देखा परेका धेरै जसो समस्या र तिनको समाधानसहित नयाँ योजना तर्जुमा गर्नुपर्नेमा जोड दिँदै उपप्रधानमन्त्री खड्काले अहिले विकास निमार्ण गर्दा देखा परिरहेका लामो प्रशासनिक प्रक्रिया, जग्गा प्राप्ती र रुख कटानीको झन्झटिलो व्यवस्थाको सहि विकल्प पहिचान गरी योजना तर्जुमा गर्न योजना आयोगलाई आग्रह गर्नुभयो ।
    त्यस्तै, कुनै पनि योजना बनाउँदा जनताले दैनिक रुपमा भोगिरहेका समस्याको समाधान हुने र जनताले पाउने सेवा सुविधालाई थप सहज बनाउने गरी समग्रतामा उल्लेख गरी कार्यान्वयन योग्य लक्ष्य प्राप्तीको सुनिश्चितता गर्न उपप्रधानमन्त्री खड्काले आग्रह गर्नुभयो ।

    छलफलको सुरुमा याेजना आयाेगका माननीय उपाध्यक्ष र पदाधिकारिले १६ अौं आवधिक याेजनाकाे तयारीबारे उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कालाई जानकारी गराउनु भएकाे थियाे।

    उपप्रधानमन्त्री खड्कासँगको छलफलमा आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ, सदस्य डा. अनिता शाह ढुङ्गाना, सदस्यसचिव डा. तोयानारायण ज्ञवाली, रक्षा मन्त्रालयका सचिव किरणराज शर्मा र सहसचिव ज्ञानेन्द्र पौडेलगायतको सहभागिता थियो

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij