Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

मन्त्रीपरिषद् पुर्नगठन : अधिकांश मन्त्री कामचलाउ मनस्थीतिमा !


  • शनिबार, पुष ७ २०८०

  • मन्त्रीपरिषद् पुर्नगठन : अधिकांश मन्त्री कामचलाउ मनस्थीतिमा !

    काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रीहरु परिवर्तन गरेर भए पनि सरकार नयाँ ढंगले अघि बढ्ने बताए पछि मन्त्रीपरिषद छिट्टै पुर्नगठन हुँदैछ भन्ने कुराको पुष्टी भएको छ । सरकारका प्रवक्ता रेखा शर्माले केहि दिन मन्त्रीपरिषद पुर्नगठन नहुने बताए लगतै मन्त्रीपरिषद पुर्नगठनका विषयमा चर्चा चलेको थियो । प्रधानमन्त्री दाहालले सरकार एक वर्ष पुगेकाले राम्रो कार्यसम्पादन नभएका मन्त्रीहरु परिर्वतन गरेरै भए पनि काम गरिने बताए पछि मन्त्रीपरिषदमा ठूलै परिवर्तन हुने संकेत देखिएको छ ।

    दाहालले मन्त्रीहरु परिवर्तन गर्ने विषयमा गठवन्धनका नेताहरु र खासमा कांग्रेस सभापति शेरबहादुर देउवासंग छलफल गरिरहेका छ । उनी आफ्नै दल माओवादी केन्द्रका मन्त्रीहरुवाट समेत सन्तुष्ट छैनन ।अर्थमन्त्री डा. प्रकाशशरण महत र गृहमन्त्री नारायणकाजी श्रेष्ठ वाहेक अधिकांश मन्त्रीहरू परिवर्तन हुन सक्ने स्रोतको दावी छ ।

    मन्त्रीपरिषद पुर्नगठनको चर्चाले अधिकांश मन्त्रीले आफुलाई कामचलाउ महशुस गरेको एक मन्त्रीले बताए । जसले गर्दा मन्त्रालयको काममा प्रत्यक्ष असर पुगेको छ ।

    प्रधानमन्त्री दाहालले सरकारको प्रभावकारीताको लागी मन्त्रीपरिषद पुर्नगठनको संकेत गरे पनि गठवन्धन दलहरुले मन्त्री पठाउँदा नै एक वर्षका लागी पठाएकाले परिर्वन गर्न लागिएको अनुमान समेत गरिएको छ । दलहरुको अन्तरिक भागवण्डा मिलाउनै पुर्नगठनको तयारी गरिएको हुन सक्ने विश्लेषकहरुको भनाई छ ।

     

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij