Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

एकीकृत समाजवादीले जेठमा महाधिवेशन गर्ने


  • मंगलबार, मंसिर १९ २०८०

  • एकीकृत समाजवादीले जेठमा महाधिवेशन गर्ने

    काठमाडौं – नेकपा (एकीकृत समाजवादी)को राष्ट्रिय महाधिवेशन आउँदो जेठ ३ देखि ७ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा मंगलबार बसेको सचिवालय बैठकबाट जेठ ३ देखि ७ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरिएको उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए । एकीकृत समाजवादी यसअघि माघको १४–१८ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरिएको थियो ।

    महाधिवेशन काठमाडौंमा हुनेछ । त्यस्तै, मंसिरको २८ र २९ गते सचिवालय बैठक बस्नेछ । पुसको ९ गते स्थायी, पुस १० गते पोलिट्ब्युरो, पुस ११ र १२ गते केन्द्रीय कमिटी बैठक बस्ने उनले बताए ।
    महाधिवेशनमा पेश गर्ने दस्तावेजहरुको मस्यौदा गर्न पार्टीका अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा २७ सदस्यीय समिति बनाइएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij