Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

दक्षिण एसियाली कराते च्याम्प्यिनसिपमा २९ स्वर्णसहित नेपाल च्याम्पियन


  • सोमबार, मंसिर १८ २०८०

  • दक्षिण एसियाली कराते च्याम्प्यिनसिपमा २९ स्वर्णसहित नेपाल च्याम्पियन

    काठमाडौं – नेपाल सातौं दक्षिण एसियाली कराते च्याम्प्यिनसिपमा सर्वाधिक २९ स्वर्ण पदक जित्दै शीर्ष स्थानमा रह्यो । नेपालले थप २६ रजत र ६ कास्य पनि जित्न सफल भएको छ ।
    काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा भएको प्रतियोगितामा भारत २५ स्वर्ण, २२ रजत र १७ कास्यका साथ दोस्रो भयो । तेस्रो स्थानको बंगलादेशले ६ स्वर्ण, ७ रजत र १४ कांस्य हात पार्न सफल भयो ।

    नेपाल कराते महासंघद्वारा आयोजित प्रतियोगितामा त्यस्तै ४ स्वर्ण, १ रजत र १९ कांस्यका साथ पाकिस्तान चौथो, २ स्वर्ण, ८ रजत र २९ कांस्यसाथ श्रीलंका ९एनओसी० टिम पाँचौं तथा २ कांस्यसाथ भुटान छैटौं भए ।

    दुईदिने प्रतियोगितामा नेपालसहित, भारत, बंगलादेश, श्रीलंका (एनओसी टिम), भुटान र पाकिस्तान गरी ६ राष्ट्रका १०३ महिला र १३४ पुरुष गरी २३७ खेलाडी सहभागी थिए ।

    विजेतालाई राखेपका सदस्यसचिव टंकलाल घिसिङ, खेलकुद विकास परिषद्, बागमती प्रदेशका सदस्यसचिव सूर्यलाल भण्डारी, नेपाल कराते महासंघका अध्यक्ष एवं राखेपका पूर्व सदस्यसचिव युवराज लामा, कराते महासंघका महासविच दावा गुरुङलगायतले आइतबार एक कार्यक्रमबीच पुरस्कृत गरेका थिए ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij