काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले बैतडीको झुलाघाटबाट‘संकल्पको यात्रा’ अभियान सुरु गरेको छ । आज अभियानको अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका हुन् । यात्राको लागि बुधबार नै नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसहित एमाले नेताहरू बैतडी पुगेका हुन् ।
उद्घाटनका क्रममा उनले यो अभियानले जनताले मात्रै देशलाई अघि बढाउने भएकोले आफूहरू जनतामा फरक ढंगले गइरहेको बताए । साथै उनले समृद्ध नेपाल सुखी नेपालीका लागि यो यात्राले योगदान गर्ने बताए ।
बिहीबार बिहानबाट सुरू भएको अभियान पुस १ गते पाँचथरको चिवाभञ्ज्याङमा पुगेर सकिने छ। झन्डै २ हजार किलोमिटर लामो यात्रा छिचोल्न हिँडेको एमालेले राजमार्गका ४९ बढी ठाउँमा सानाठूला सभाको आयोजना गर्नेछ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
