Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कांग्रेसको केन्द्रीय लेखा समितिमा चार सदस्य मनोनीत


  • सोमबार, मंसिर ११ २०८०

  • कांग्रेसको केन्द्रीय लेखा समितिमा चार सदस्य मनोनीत

    काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय लेखा समितिमा चार जना सदस्य मनोनीत भएका छन्। सभापति शेरबहादुर देउवाले श्यामकुमार घिमिरे संयोजकत्वमा रहेको केन्द्रीय लेखा समितिमा सोमबार चार जना सदस्य मनोनीत गरेका हुन्। मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार धनुषाका दिलिप ढुंगाना, अर्घाखाँचीका डेविड बस्याल, मकवानपुरका रमेश नेपाल र सिन्धुलीका अनन्त कार्कीलाई लेखा समिति सदस्य मनोनीत गरिएको हो।

    सभापति देउवाले ०७९ साउनमा संयोजकमा केन्द्रीय सदस्य घिमिरेलाई मनोनीत गरेका थिए।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij