Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

उपप्रधानमन्त्री श्रेष्ठ चीन प्रस्थान


  • बुधबार, असार १३ २०८०

  • उपप्रधानमन्त्री श्रेष्ठ चीन प्रस्थान

    काठमाडौं– उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ चीन प्रस्थान गरेका छन्। गएराति सात सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै श्रेष्ठ पाँच दिने भ्रमणका लागि चीनको सिचुवान प्रान्तको भ्रमणका लागि प्रस्थान गरेका हुन्।

    उनले आज छेन्दुमा आयोजना हुने पश्चिमी चिनियाँ अन्तर्राष्ट्रिय मेलाको उद्घाटन समारोहमा सहभागी भएर विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको छ। त्यस्तै सिचुवान विश्वविद्यालयमा भेटघाट तथा अवलोकनसहित त्यहाँ अध्ययनरत करिब तीन सय विद्यार्थीहरूलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

    प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्रालयका सहसचिव लोकबहादुर थापा, गृहमन्त्रालयका सहसचिव रुद्रदेवी शर्मा, उद्योग मन्त्रालयका सहसचिव महेश बराल, उपप्रधानमन्त्री श्रेष्ठका स्वकीय सचिव सुरेशकाजी श्रेष्ठ, राष्ट्रिय समाचार समितिका संवाददाता अशोक घिमिरे र अङ्गरक्षक बाबुराम खरेल छन्।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij