काठमाडौं – नेपाली कांग्रेसका उप सभापति पूर्ण बहादुर खड्काले राष्ट्रपतिको निर्वाचन मिति घोषणा गर्न माग गरेका छन । सामाजिक सञ्जाल मार्फत खड्काले मिति घोषणा गर्न संसय देखिएको भन्दै मिति घोषणाको माग गरेका हुन । उनले भनेका छन –
‘दायाँबायाँ नसाेचि,नहेरि !
निर्बाचन अायाेगले फागुन २८ अगावै सम्पन्न हुने गरि राष्ट्रपतिको निर्बाचनकाे मिति घाेषणा गरेर अहिले यश बिषयमा देखिन थालेकाे संसयकाे घेरा बाट अाफूलाई समयमै बाहिर निकाल्नु संबैधानिक संस्थाकाे गरिमाकाे लागि श्रेयस्कर हुनेछ
यश तर्फ बेलैमा ध्यान जाअाेस ।’
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
