काठमाडौं -नेपालको घनिष्ट मित्रराष्ट्र जापानको सत्तारुढ पार्टी ‘लिवरल डेमोक्राटिक’ का सांसद तथा पूर्व राज्यमन्त्री ताईरा मासाकी सहितको टोलीले प्रधानमन्त्री पुष्प कमल दाहाल सहित उच्चपदस्थ नेताहरुसँग भेटगरेको छ।
नेपाल- जापान सम्बन्धलाई अझै फराकिलो बनाउने उद्देश्यले बुधबार नेपाल आएको तीन सदस्यीयटोलीले शुक्रबार प्रधानमन्त्री दाहाल, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भेटगरी छलफल गरेको हो।
उक्तभेटकाअवसरमा प्रधानमन्त्री दाहालले जापान नेपालको सबैभन्दा पुरानो मित्र रहेको बताउँदै नेपालको आर्थिक सामाजिक विकासमा जापानले निरन्तर रुपमा सहयोग गर्दै आएकामा धन्यवाद दिए ।
जापानसरकारसँगै जाइकालगायतका संस्थाबाट नेपालले धेरैसहयोगपाएको उनको भनाई थियो।
प्रधानमन्त्री दाहालले नेपाल अहिले विकासको चरणमा प्रवेशगरेको छ भन्दै आगामी दिनमा पनि जापानको सहयोग धेरै महत्वपूर्ण हुने बताए।नेपालमा लगानीका लागि अनुकुल वातावरण बनाइने जानकारी दिंदै प्रधानमन्त्री दाहालले जापानी व्यवसायीलाई नेपालमा लगानीगर्न आउनेगरी वातावरण तयार गरिदिन आग्रहगरे।
गतवर्ष आफुले जापानको भ्रमणगर्दा कृषि, विज्ञान र प्रविधिको क्षेत्रमा जापानले गरेको विकासबाट निकै प्रभावितबनेको भन्दै दाहालले नेपालमा पनि यस्तै सीप र प्रविधिको विकासगर्न चाहेको बताए।
जापानमा आधुनिक वैज्ञानिक रुपमा गरिएको कृषि खेतिबाट आफु निकै प्रभावित बनेको दाहालको भनाई थियो।
यस्तै दाहालले जापानले नेपाली नागरिक लाई विभिन्न क्षेत्रमा कामगर्ने मौका दिइरहेको र आगामी दिनमा यो संख्या बढाउने गरी सहयोगगर्न आग्रहगरेका थिए। सांसद मासाकीले जापानको सरकारमा आइटी, मेनपावर, डिजिटल स्पेश लगायतका क्षेत्र हेर्ने जिम्मेवारी पाएकाछन्।
नेपालको जनशक्ति लाई जापानमा सहज ढंगले प्रवेश गर्ने तथा स्थापित गराउने बारे समेत दुई नेता बिच छलफल भएको छ।
साँसद मासाकीको माओवादी पार्टी र यसको झुकाव चीन तर्फरहेको बारेमा राखेको जिज्ञासामा प्रधानमन्त्री दाहालले आफ्नो पार्टी पुर्ण रुपमापमा प्रजातन्त्रमा विश्वासराख्ने पार्टीभएको जानकारी दिए। ‘म आफै ४ पटक निर्वाचन लडेर आएको व्यक्तिहुँ, ’प्रधानमन्त्री दाहालले भने‘ हाम्रो पार्टी न प्रोचाइना हो नत प्रोइण्डिया नै। हामी प्रोनेपाली मात्र हौं’।
प्रधानमन्त्री दाहालले आफुले ९९प्रतिशत भन्दा बढी संसदबाट विश्वासकोमत पाएर प्रधानमन्त्री बनेको जानकारीदिंदै आफुलाई जापान बाट पनि पुरापुर सहयोगको अपेक्षा राखेका थिए।
त्यस अवसरमा सांसद मासाकीले नेपालमा जलस्रोत, पर्यटन लगायतका क्षेत्रमा लगानी आउनसक्ने आफुले देखेको जानकारी गराएका थिए।उनले आगामी दिनमा ग्रीन इनर्जी माजानुको विकल्प नभएको भन्दै यसकालागि नेपाललाई जापानले सहयोगगर्ने प्रतिबद्धता जनाए।
यस्तै संसदको सबैभन्दा ठुलो पार्टी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग भएको भेटमा पार्टी अध्यक्ष देउवाले जापानले नेपालको विकासमा लामो समयदेखि निरन्तर सहयोग गर्दै आएकामा धन्यवाद दिएका थिए।
देउवाले बजेटरी सहयोगका अतिरिक्त कोभिड, भुकम्प, बाढीपहिरो लगायतका दैवि प्रकोपका घटनामा पनि जापानले मनखोलेर सहयोग गर्दै आएको जानकारी पनि दिए।
सभापति देउवाले पछिल्ला वर्षहरुमा विग्रदो वातावरणीय प्रभावका कारण विश्वका विभिन्न स्थानमा समस्या देखिन सुरुगरेको र नेपालमा पनि समस्याआइरहेको भन्दै यी समस्या न्यूनिकरणमा जापानको सहयोग आवश्यकरहेको बताए।
त्यसअवसरमा जापानी सांसद मासाकीले आफुले नेपालमा जलस्रोतको विकासको उच्च संभावना देखेको भन्दै जापानकोआर्थिक र प्राविधिक सहयोगमा यस क्षेत्रको विकास गर्नुपर्ने बताएका थिए।
नेपालमा उत्पादित विजुली भारत र बंगलादेशमा निर्यात गर्न सके नेपाललाई फाइदापुग्ने उनको धारणा थियो।
साँसद मासाकीको टोलीले शुक्रबारनै उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई पनि भेटेको थियो।उक्तभेटमा मासाकीले नेपालको छिमेकी मलुक भारतले विभिन्न परियोजनाका लागि जापानबाट सस्तो व्याजदरमा ऋण सहयोग लिएको जानकारी दिएका थिए।
उनले जापानबाट यस्तो ऋण लिनका लागि पहल गर्न नेपाललाई आग्रहगरेका थिए। त्यस अवसरमाअर्थमन्त्री पौडेलले विकास आयोजनाहरुमा स्रोत अभावरहेको जानकारी दिंदै जापानको सस्तोदरको ऋण सहयोग लिन आफुले तत्काल पहलगर्ने बताएका थिए।
यस्तै अर्थमन्त्री पौडेलले नेपालमा विदेशी लगानीकर्ताका लागि अनुकुल वातावरण बनाउने जानकारी दिंदै जापानका लगानीकर्तालाई यहाँ ल्याउन सहयोगगर्न आग्रह गरेका थिए।
यस्तै टोलीले बिहीबार दुई प्रधानमन्त्री केपी शर्मा ओली र माधवकुमार नेपाल सँग भेटगरेको थियो।
यस्तै शुक्रबार साझ सांसद तथा पूर्वराज्यमन्त्री ताईरा मासाकीको सम्मानमा रोटरी इन्टरनेसनल डिस्टिक -3292 नेपाल भुटानले रात्रीभोज तथा विशेष कार्यक्रमको आयोजना गरेको थियो l
जापानीटोली गैर आवासिय नेपाली संघका पूर्व अध्यक्ष तथा संरक्षक भवन भट्टको निमन्त्रणमा नेपाल आएको हो।







""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
