Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेपाललाई यू–१५ महिला साफको उपाधि


  • शुक्रबार, कार्तिक २५ २०७९

  • नेपाललाई यू–१५ महिला साफको उपाधि

    काठमाडौं – नेपालले शुक्रबार घरेलु टिम बंगलादेशलाई १–१ को बराबरीमा रोकेसँगै यू–१५ महिला साफ च्याम्पियनसिपको उपाधि जितेको छ । ढाकामा सम्पन्न खेलको अन्तिम मिनेटमा घरेलु टिम बंगलादेशले पाएको पेनाल्टी नेपालकी गोलकिपर सुजता तामाङले बचाएपछि नेपालले उपाधि उचालेको हो । त्यसअघि नेपालले खेलको १४ औँ मिनेटमा सुशिला केसीले गरेको गोलबाट अग्रता बनाएको थियो । तर, ५४ औँ मिनेटमा रुमा अख्तरको गोलमा बंगलादेश खेलमा फर्किएको थियो ।

    जितसँगै डबल राउन्ड रोबिन पद्धतिमा भएको प्रतियोगितामा नेपालले १० अंक जोडेको छ । यसअघि नेपालले पहिलो खेलमा भुटानलाई ७–० ले, दोस्रो खेलमा बंगलादेशलाई १–० ले तेस्रो खेलमा भुटानमाथि पुनः १–० को जित निकालेको थियो ।

    उपाधिसँगै नेपालकी गोलकिपर सुजाता प्रतियोगिताको सर्वोत्कृष्ट गोलकिपर घोषित भइन् । ‘फेयर प्ले अवार्ड’ बंगलादेशले जित्दा नौ गोलसहित बंगलादेशकै सौरभी अकान्डा प्रिति उच्च गोलकर्ता बनिन् । सौरभी नै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चुनिइन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij