Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

ठूला दललाई अप्ठ्‌यारो पार्दै काठमाडौं क्षेत्र नं . ५ का स्वतन्त्रहरु


  • मंगलबार, कार्तिक २२ २०७९

  • ठूला दललाई अप्ठ्‌यारो पार्दै काठमाडौं क्षेत्र नं . ५ का स्वतन्त्रहरु

    काठमाडौं – काठमाडौं क्षेत्र नं. ५ मा स्वतन्त्र उम्मेदवारहरुको ठूलो आर्कषण देखिएको छ । प्रतिनिधि सभा सदस्य पदमा स्वतन्त्र उम्मेदवारहरु आ – आफ्ना एजेण्डा बोकेर चुनावी मैदानमा उत्रिएका छन । उक्त क्षेत्रमा एमालेवाट वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल र कांग्रेसबाट प्रदीप पौडेल चुनावी मैदानमा छन । स्वतन्त्र उम्मेदवारहरु आफु विभिन्न क्षेत्रमा विज्ञता हासिल गरेकाले राजनितिमा परिवर्तनको एजेण्डा सहित चुनावी मोर्चामा उत्रिएको बताएका छन ।

    स्वतन्त्र रूपमा चुनावी मैदानमा उत्रिएका उम्मेदवारहरु यस्ता छन :

    प्रणय शमसेर राणा : 

    नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि त्यागेर चुनावी मैदानमा होमिएका युवा हुन डा . प्रणय शमशेर राणा । नेपाली सेनाका अधिकृत को जागिर छाडेर विदेशी नियोगहरुमा सेवा गरेर नेपाल फर्किएर राजनिति मा होमिएका उनी द्धन्द विज्ञ पनि हुन । आक्रामक प्रचार प्रसारमा लागेका राणा पिएचडी डाक्टर हुन ।

    ई . शुसान्त श्रेष्ठ : 

    इन्जिनियर शुसान्त श्रेष्ठ ले एक्लै चुनावी प्रचार सुरु गरे । राजनितिमा परम्परागत पार्टी भन्दा नयाँ विकल्प रोज्नु पर्ने अपील गर्दै चुनावी अभियानमा लागेका श्रेष्ठ अहिले आफ्नो अभियानमा सैयौ युवा जोडिएको दावी गर्छन । उनी कुनै समय नेकपा एमालेसँग नजिक थिए । विशेषगरी युवा नेवारी समुदाय र दलहरुसंग निराश भएका मतदाताहरुलाई उनले आफ्नो पक्षमा तान्ने प्रयास गरिरहेका छन ।

    श्री गुरुङ :

    व्यवसायीक पृष्ठभूमिका श्री गुरुङको चुनावी प्रचार पनि कम छैन । ब्रडसिट पत्रिकाको पहिलो पृष्ठमै निरन्तर उनको प्रचार विज्ञापनका रूपमा आउँने गरेको छ । उनलाई व्यवसायी र सेलिव्रेटि ले पनि साथ थिएका छन । अन्य उम्मेदवार जस्तै श्री गुरुङले पनि परिवर्तनका नारा अघि सारेका छन ।

    व्यवसायी र जनजाती मत उनको पक्षमा पर्न सक्ने आकलन गरिएको छ ।

    रञ्जु दर्शना :

    पाँच वर्ष अघि काठमाडौं महानगर पालिकाको मेयरमा उठेर २१ हजार भन्दा बढी मत पाएकी ताकालिन विवेकशिल साझा पार्टीकी उम्मेदवार रञ्जु अहिले क्षेत्र नं . ५ मा स्वतन्त्र उम्मेदवार छिन । रञ्जुलेले चुनाव जित्ने भन्दा पनि कांग्रेस उम्मेदवारलाई अप्ठ्यारो पार्न सम्भावन बढी रहेको धेरैको बुझाई छ ।

    उनले आवद्धता तोडेको विवेकशिल साझाको यो क्षेत्रमा करिव ७ हजार मत छ । अघिल्लो निर्वाचनमा उक्त पार्टीका अध्यक्ष समेत रहेका उज्वल थापाले करिव सात हजार मत पाएका थिए । दर्शनाको भोटको मूल स्रोत त्यहि हो । त्यो बाहेक केहि मत कांग्रेसबाट जान सक्ने देखिएको छ । दर्शनावाट एमालेलाई निकै कम खतरा छ । थापाको कोरोना संक्रमणवाट निधन भइसकेको छ ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij