Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

काठमाडौं – ५ ख – कांग्रेसका श्यामबहादुर खड्काको महत्वकांक्षी योजना यस्ता छन


  • शनिबार, कार्तिक १९ २०७९

  • काठमाडौं – ५ ख – कांग्रेसका श्यामबहादुर खड्काको महत्वकांक्षी योजना यस्ता छन

    काठमाडौं – काठमाडौं क्षेत्र नं . ५ अन्तर्गत प्रदेश ‘ख’ का प्रदेश सभा सदस्यका उम्मेदवार श्यामबहादुर खड्‌काले आफुले गर्न सक्ने एजेण्डा मात्र जनता सामु प्रस्तुत गरेको बताएका छन । राष्ट्रपुकारसंगको कुराकानीमा खड्‌काले आफ्नो क्षेत्र संघिय राजधानीको केन्द्र भए पनि अनेको समस्या रहेको बताए ।

    उत्तरमा शिवपुरी राष्ट्रिय निकुञ्ज देखी दक्षिणमा पानीपोखरी सम्म रहेको क्षेत्र नं . ५ ख धार्मिक सांस्कृतिक एवं ऐतिहासिक भूगोल हो । शिवपुरी निकुञ्ज क्षेत्रमा साना पदमार्ग र हाइकिङ रुटका रूपमा विकाश गर्नुपर्ने उनले सुनाए । बढ्‌दो शहरीकरण र व्यस्त जीवन शैलीलाई त्यस्ता मार्गले ठूलो राहत पुग्ने उनको विश्वास छ ।

    विष्णुमति खोलाको उद्‌गम विष्णु पादुकाको संरक्षणलाई पनि उनले आफ्नो चुनावी प्रतिवद्धतामा समेटेका छन । बढ्‌दो ट्राफिक जाम र साघुँरा सङ्कलाई व्यवस्थापन व्यवस्थापन गर्दै विष्णुमति खोला र लुडे खोलामा सडक करिडोर निमार्णलाई खड्काले आफ्नो प्राथमिकतामा समेटेको बताए ।

    प्रशिद्ध बुढानिलकण्ठ मन्दिरलाई संरक्षण गर्दै थप भौतिक पूर्वाधार तयार गर्ने योजना खड्‌काको छ । उनी यस क्षेत्रको धार्मिक पर्यटनलाई व्यवस्थित गर्दै विस्तार गर्नु पर्ने पक्षमा छन । भन्छन – ‘वुढानिलकण्ठको ऐतिहासिकता र धार्मिक महत्वलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा फैलाउन जरूरी छ ।’

    उनका अनुसार हिन्दुहरुका लागी भारतका विभिन्न तिर्थस्तलहरू जसरी प्रख्यात छन, बुढानिलकण्ठलाई पनि त्यस्तै प्रशिद्ध र आस्थाको केन्द्रको रूपमा विकाश गर्न सकिन्छ ।

    शिवपुरी क्षेत्रलाई धार्मिक, आध्यात्मिक तथा ध्यान केन्द्रका रूपमा अघि बढाउन सकिने उनले बताए ।

    टोखा क्षेत्रको प्राचिन र मौलिक संस्कृतिलाई संरक्षणका साथै थप प्रचार प्रसारको आवश्यकता रहेको उनी बताउँछन । सपनतिर्थ जात्रा, टोखा विस्का, धापासी विस्का जात्रालाई व्यवस्थित र भव्य बनाउँनु पर्ने उनको धारणा छ ।

    टोखाको मौलिक वस्ती भेषभूषा खानपान र जीवन शैलीलाई संरक्षण गर्ने र त्यहाँका मौलिकता झल्किने संग्राहलय निर्माण गर्ने योजना खड्काको छ ।

    टोखाका मठ – मन्दिर पोखरी सत्तलहरुले संरक्षण र जिर्णउद्धार खोजिरहेका उनले बताए । बशुन्धरा मन्दिर, कृष्ण मन्दिर जस्ता धार्मिक केन्द्रलाई संरक्षण गर्ने उनको योजना छ ।

    संघिय राजधानी भएर पनि क्षेत्रका गरिव र विपन्न समुदायका मानिसहरु शिक्षा र स्वास्थ जस्ता आधारभूत कुराहरुवाट वञ्जित रहेकाले आफुले त्यस्ता समुदायलाई शिक्षा र स्वास्थ्यको सहज पहुँच स्थापित गर्ने दावी खड्‌काले गरेका छन ।

    आफ्नो क्षेत्र अस्पताल, स्कूल तथा कलेजहरुको हव भएकाले क्षेत्रका अस्पताल, स्कूल तथा कलेजहरुसंगको सहकायमा गरिव र विपन्नहरुको शिक्षा र स्वास्थको प्रबन्ध गर्ने खड्‌काको योजना छ ।

    क्षेत्रमा सुकुम्बासी तथा भूमिहिनहरुको समस्या समाधान गर्न विशेष कार्यक्रम नै अघि सार्ने योजना खड्‌काको छ ।

    कृषि फर्म तथा कौसिखेतीलाई प्रोत्साहन गरेर उत्पादनसंग जोडेर थोरै भए पनि योगदन गर्न सकिने बुझाई खड्‌काको छ । युवाहरुलाई सिपमूलक तालिम र महिलाहरुलाई उद्यमशिल बनाएर आत्म निर्भर बनाउन सकिने उनी बताउँछन ।

    कांग्रेस क्षेत्र नं . ५ का सभापति समेत रहेका खड्‌काले सामाजिक सुरक्षा, सडक, ढल, खाने पानी, फोहर व्यवस्थापन जस्ता कुरालाई पनि आफ्नो प्राथमिकतामा समेटेका छन ।

    प्रदेश सभामा समग्र प्रदेशको नीति निर्माणमा प्रभावकारी ढंगवाट उपस्थिति जनाउँने योजना खड्काको छ ।

    आफ्नो योजना महत्वकांक्षी जस्तो देखिए पनि पाँच वर्ष भित्र पुरा गर्न सकिने दावी खड्काको छ ।

     

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij