काठमाडौं – काठमाडौं क्षेत्र नं . ५ मा नेपाली कांग्रेसमा अभूतपूर्व एकता कायम भएको छ । क्षेत्रमा केहि समय देखि विवादका विच गुज्रेको कांग्रेस शुक्रवारवाट एक ढिक्का भएको घोषणा क्षेत्रिय नेताहरुले गरेका छन ।
क्षेत्रका नेता र कार्यकर्ता उपस्थित चियापान कार्यक्रममा पूर्व क्षेत्रिय सभापति एवं नेपाली कांग्रेस वाग्मतीका सदस्य रमेश खड्काले पार्टी एक ढिक्का भएर पार्टीका उम्मेदवारहरुलाई जिताउने बताए ।
एमालेवाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार उम्मेदवार इश्वर पोखरेल प्रदेश सभा सदस्य उम्मेदवार दीपक निरौला र नारायण सिलवालले कुनै काम नगरेको आरोप लगाउँदै उनले पार्टीमा विवाद छ भन्ने दुविधा नराख्न आग्रह गरे । खड्काले कांग्रेस उम्मेदवाहरुको विजय निश्चित भएको दाबी गरे ।
प्रतिनिधि सभाका उम्मेरवार प्रदीप पौडेलले क्षेत्र नं . ५ वाट कांग्रेस निर्वाचित भए पछि हरेक दृष्टीले नमुना र उदाहरणीय काम गर्ने बताए । प्रदेश सभा ‘क’ का उम्मेदवार भैरब सापकोटाले पार्टी भित्रका कमजोरी हटाएर अघि बढेर विजय हासील गर्ने बताए ।

नेपाली कांग्रेस क्षेत्र नं . ५ का क्षेत्रिय सभापति एवं प्रदेश ‘ख’ का उम्मेदवार श्याम बहादुर खड्काले आफुहरु निर्वाचित भएर जनताको पक्षमा काम गर्ने बताए । उनले पार्टी भित्र भएर कमी कमजोरी सच्याएर अघि बढ्ने प्रतिवद्धता जनाए ।
टोखा नगर पालिका वार्ड नं . २ का पूर्व वडा अध्यक्ष दीपकराज जोशीले कांग्रेसको संगठन बलियो रहेकाले जित निश्चित भएको बताए । टोखा नगर पालिका वार्ड नं . ३ का वडा अध्यक्ष शिंहराज श्रेष्ठले कांग्रेस एक जुट भएर जनताको घर – घरमा मत माग्न जाने बताए । बुढानिलकण्ठ नगरपालिका वार्ड नं . ६ का पूर्व बडाअध्यक्ष नविन केसी लगाएतले क्षेत्रमा एकता भएको बताए ।
कार्यक्रम नेपाली कांग्रेस टोखा नगर समितिका पूर्व सभापति बसन्त श्रेष्ठले संचालन गरेका थिए ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
