Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

काठमाडौं क्षेत्र नं .५ ‘ख’ : पुराना निरौला र नयाँ खड्‌का विच रोचक प्रतिस्पर्धा


  • मंगलबार, कार्तिक ८ २०७९

  • काठमाडौं क्षेत्र नं .५ ‘ख’ : पुराना निरौला र नयाँ खड्‌का विच रोचक प्रतिस्पर्धा

    काठमाडौं – संघिय राजधानी काठमाडौंको क्षेत्र नं . ५ ‘ख’ मा कांग्रेस उम्मेदवार श्यामबहादुर खड्का र नेकपा एमालेका दीपक निरौलाविच चुनावी प्रतिस्पर्धा छ । वाग्मती प्रदेश सभा सदस्यका लागी आमने सामने भएका यी दुई मुख्य दलका उम्मेदवार विच रोचक प्रतिस्पर्धा हुने देखिएको छ ।

    कांग्रेस क्षेत्र नं . ५ का क्षेत्रिय सभापति खड्का पहिलो पटक प्रदेश सभा सदस्यका उम्मेदवारका रूपमा मैदानमा खडा छन भने निरौला दोस्रो कार्यकालका लागी चुवानमा खडा छन ।

    दुवै उम्मेदवार मतदातालाई आफ्नो पक्षमा पार्न चुनावी अभियानमा सक्रिय छन ।

    निरौलाले एक कार्यकाल प्रदेश सांसदका रूपमा विताइ सकेकाले यो निर्वाचन उनको पाँच वर्षे कार्यकालको समिक्षा गर्ने अवसरका रूपमा मतदाताले बुझेका छन ।

    खड्‌का नयाँ भएकाले उनले भावी योजना र कार्यक्रम देखाएर मतदातासंग मत मागिरहेका छन ।

    निरौलाले प्रदेश सरकारवाट निर्माण भएका सामुदायीक भवन, मन्दिर जिर्णउद्धार, पुस्ताकालयको स्तरउन्नती, खानेपानीका डिप बोरिङलाई आफ्नो पाँच वर्षे कार्यकालका उपलब्धीका रुपमा चित्रण गरेका छन ।

    खड्‌का भने निरौलाले प्रस्तुत गरेका दृष्टान्त खासै उपलब्धी नभएको बताउँछन । दुरगामी र जनताले महशुस गर्ने गरी विकास निर्माणलाई अघि बढाउनु पर्ने मत खड्‌काको छ ।

    क्षेत्र नं . ५ ‘ख’ प्रचुर सम्भावना बोकेको भूगोल भएकाले यहाँ प्रशस्त विकासका आधार खडा गर्ने दावी उनको छ । शिवपुरी जलाधारमा छोटो पदमार्ग निर्माण, विष्णुमति करिडोर, लुडे खोला करिडोर, सुकुम्बासी समस्या समाधान देखी बुढानिलकण्ठलाई धार्मिक पर्यटन र टोखा , धापासीका मौलिक परम्पराको संरक्षण सम्मको योजना खड्‌काले अघि सारेका छन ।

    आफुले स्थानिय प्रतिवद्धता मार्फत यस क्षेत्रको विकासको मोडल जनता माझ लैजाने तयारी खड्‌काले गरेका छन ।

    एमालेका निरौला एक्लै चुनावी मैदानमा छन भने खड्कालाई माओवादी केन्द्र एविकृत समाजवादी सहितका सत्ता गठवन्धन दलको साथ छ ।

    काठमाडौं महानगरपालिकाका वडा नं. ३, बूढानिलकण्ठ नगरपालिकाकाका वडा नं. ३, ४, ५, ६ र ७ तथा टोखा नगरपालिकाका वडा नं. २, ३, ४, ५, ६ र ७ लाई काठमाडौं क्षेत्र नम्बर ५ ‘ख’ भित्र पर्दछ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij