काठमाडौं – नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं . ५ का क्षेत्रिय सभापति एवं प्रदेश खका उम्मेदवार श्याम बहादुर खड्काले आफु क्षेत्रको समग्र विकासको लागी इमानदार भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन । सत्ता गठवन्धन दलका नेताहरुसंगको अन्तर्क्रिया मा बोल्दै खड्काले जन चाहना अनुरूप विकास निर्माणमा क्रियाशिल रहने बताए । सत्ता गठवन्धन दलहरु एकजुट भएर निर्वाचनमा होमिन अपिल गर्दै उनले कांग्रेसको घोषणा पत्र, सत्ता गठवन्धनका प्रतिवद्धता र आफ्नो घोषणा पत्रको कार्यान्वयनमा पारदर्शी र इमानदार भएर काम गर्ने बताए ।
माओवादी केन्द्रका केन्द्रीय सदस्य कल्पना शर्माले प्रतिगमनलाई पराजित गर्न गठवन्धनका उम्मेदवारलाई विजयी गराउन क्रियाशिल भएर लाग्ने प्रतिबद्धता व्यक्त गरिन । एकिक्रित समाजवादी पार्टीका क्षेत्रिय अध्यक्ष ले गठवन्धनको मर्म र भावना अनुरूप अघि बढ्ने बताए ।
कार्यक्रममा क्षेत्र नं . ५ निर्वाचन परिचालन समितिका संयोजक एवं क्षेत्रिय उप सभापति रमेश डंगोलले गठवन्धन दलहरु एक जुट भएर अघि बढ्न आग्रह गरे ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
