Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

निरौला प्रति लक्षित गर्दै खड्काले भने- काम नगर्ने अहिले गल्ती गरें भन्न पाइन्छ ?


  • बुधबार, कार्तिक २ २०७९

  • निरौला प्रति लक्षित गर्दै खड्काले भने- काम नगर्ने अहिले  गल्ती गरें भन्न पाइन्छ ?

    काठमाडौं – नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं . ५ ख का उम्मेदवार श्याम बहादुर खड्काले एमाले उम्मेदवार दीपक निरौला प्रति लक्षित गर्दै जन निर्वाचित सांसदले गल्ती गरे अब गर्दिन भन्दै हिड्नु शोभनिय नभएको बताएका छन ।

    टोखा नगरपालिका वार्ड – ३ सुर्यदर्शन हाइटमा आयोजित कार्यक्रममा खड्काले गल्ती गर्ने छुट सामान्य नागरिक लाई भए पनि सांसद लाई नहुने बताए ।

    एमाले उम्मेदवार निरौलाले आफुवाट गल्ती भएको हुन सक्ने आसय प्रकट गर्दै देशलाई घात नगर्ने सन्देश सहित प्रचार गरेका थिए ।

    खड्काले आफुले जनाताले मत दिएर पहुताउँनु नपर्ने गरी काम गर्ने दावी गरे । कांग्रेस क्षेत्र नं . ५ का क्षेत्रिय सभापति समेत रहेका खड्काले दीगो विकास हुने गरी काम गर्ने बताए । अघिल्लो निर्वाचन एमालेले जिते पनि जनचाहना अनुरूप काम नगरेको आरोप लगाए ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij