काठमाडौं – सत्ता गठवन्धनले चुनावी कमाण्डर कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई तोकेको छ । विहिवार बसेको गठवन्धनको बैठकले पौडेललाई संयोजक तोकेको छ । गठवन्धनले जिल्ला र प्रदेश स्तरमा दलका प्रमुख सम्मिलित समिति गठन गर्ने निर्णय गरेको छ ।
बैठकले संयुक्त कार्यकर्ता भेला आयोजना गर्ने र कात्तिक ४ गते गण्डकी प्रदेशको पोखरा, लुम्बिनि प्रदेशको बुटवल, सहित बिराटनगर, जनकपुर, धनगढी, सुर्खेत र काठमाडौंमा भेला गर्ने निर्णय गरेको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
