काठमाडौं – एमाले नेता भीम रावलले अध्यक्ष केपी ओलीको चर्को आलोचना गरेका छन । अध्यक्ष ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्री हुँदा गरेका कामको चर्को आलोचना गर्दै रावलले आफु माथी अन्याय गरेको आरोप लगाए । उनले आफुहरुले पार्टी विभाजन रोक्न गरेको प्रयासलाई १० भाई भनेर अपमानित गरिएको गुनासो रावलले गरेका छन ।
आज पत्रकार सम्मेलन गर्दै उनले राष्ट्रभक्तीको कुरा गर्दा कारवाहीको त्रास देखाइएको बताए । पार्टीमा योगदान गरेका हरुलाई पाखा लगाउँदै धनकुवेर कुवेर हरुलाई टिकट दिइएको रावलले बताए ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
