काठमाडौं – सत्ता गठवन्धन दल मध्य को एक दल जनता समाजवादी ले एमालेसंग चुनावी सहकार्य गर्ने सम्भावना प्रवल बनेको छ । प्रधानमन्त्री निवास वालुवाटार मा चलिरहेको बैठक छाडेर एमाले अध्यक्ष केपी ओलीको निवास पुगेका जसपा अध्यक्ष उपेन्द्र यादवले एमालेसंग चुनावी सहकार्य गर्ने सम्भावना बलियो बन्दै गएको छ ।
कांग्रेस र माओवादीले १६ सिट मात्रै दिए पछि एमालेले जसपालाई २५ सिट दिने वचन दिएकाले यादव ओलीसंग सम्बाद गर्न वालकोट पुगेका हुन । यदी यादव र ओलीको सहकार्य भएमा सत्ता गठवन्धन फुटेको पुष्टी हुनेछ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
