एजेन्सी – इन्डोनेसियामा फुटवल खेलमा भएको झड्पमा परि १२७ जनाको ज्यान गएको छ । कैयौ घाइते भएका छन । देशका दुई ठूला टोलीहरू बीचको इन्डोनेसियाली लिग फुटबल खेलपछि शनिबार ढिलो अराजकता र हिंसा भड्किएपछि कम्तीमा १२७ जनाको मृत्यु भएको र सयौं घाइते भएको प्रहरीले जनाएको छ।
पूर्वी जाभाको मलंग सहरमा भएको खेलमा घरेलु टोली अरेमा एफसी ३–२ ले पराजित भएपछि अरेमा एफसी र प्रतिद्वन्द्वी पर्सेबाया सुराबायाका समर्थकबीच झडप भएको हो ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
