Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

क्षेत्रले नचिनेको,कार्यकर्ताले नचिनेको र यस क्षेत्रमा योगदान नगरेका कुनै पनि उम्मेदवार स्वीकार्य हुँदैन : क्षेत्रिय सभापति खड्‌का


  • मंगलबार, असोज ४ २०७९

  • क्षेत्रले नचिनेको,कार्यकर्ताले नचिनेको र यस क्षेत्रमा योगदान नगरेका कुनै पनि उम्मेदवार स्वीकार्य हुँदैन  : क्षेत्रिय सभापति खड्‌का

    आम निर्वाचन आउँन धेरै समय पनि बाँकी छैन । क्षेत्रको तयारी कस्तो छ ?

    हामी चुनावका लागी पहिले देखि नै तयारी अवस्थामा छौ । क्षेत्रिय समिति, वडा समिति, टोल समितिहरुको नियमित बैठकहरू वसिरहेका छन । क्षेत्रका नेता र कार्यकर्ता विचमा चुनावी चर्चा र वहस बाक्लो बन्दै गएको छ । हामी मतदाताका घर दैलोमा नै जाने तयारी अवस्थामा छौं ।

    क्षेत्र नं .५ कांग्रेसले हारेको क्षेत्र हो । पुरानो विरासत फिर्ता ल्याउँन सक्नुहुन्छ ?

    हामी क्षेत्र नं . ५ मा चुनाव जित्छौं । मसंग पार्टीलाई चुनाव जिताउँने केहि आधारहरु छ्न । पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउनु मेरो मुख्य प्राथमिकता हो । पार्टीमा वृहद् एकता कायम गराएर चुनावमा गएमा कुनै पनि तागतले कांग्रेसलाई हराउँन सक्दैन ।अहिले क्षेत्र भरी पार्टी एकताको राम्रो वातावरण निर्माण हुँदै गएको छ ।
    हामी जनताको विचमा विपक्षी उम्मेदवारको पनि निर्मम समिक्षा गर्ने पक्षमा छौं । एमालेले जितेर क्षेत्र नं . ५ का जनताले के पाए ? स्यंम एमालेका कार्यकर्ता र समर्थकले के पाए ? जनताको मत लिए पछि उनीहरु प्रतिको जवाफदेहिता हुदैन ? मुलुक कोभिड संकटमा फसेका बेला आफुले चुनेर पठाएका जन प्रतिनिधि सरकारमा रहेर के – के गरे भन्ने कुरा क्षेत्र नं . ५ का जनताले राम्रोसंग बुझेका छन । सबै कुराको हिसाव किताब जनताले मंसिर ४ गते गर्ने छन ।
    हामीसंग विभिन्न दलहरु चुनावी गठवन्धनमा छन ।
    हामीलाई गठवन्धनको सहयोग पनि महत्वपूर्ण हुनेछ ।

    एमालेले त उम्मेदवार टुङ्गोमा पुऱ्याएको देखिन्छ । कांग्रेसको के हुँदैछ ?

    पार्टीका विभिन्न तहवाट उम्मेदवार सिफारिसको काम सम्पन्न भएको छ । गठवन्धनका बैठकहरु पनि चलिरहेको छ । सहमति भइसकेको अवस्था छैन । अव छिट्टै उम्मेदवारको टुङ्गो लाग्ने विश्वास लिएका छौं ।

    पार्टी प्रबक्ता डा. प्रकाशशरण महत समानुपातिकमा बसेको चर्चा छ । अव कांग्रेसबाटको उम्मेदवार बन्छ ?

    काठमाडौं क्षेत्र नं . ५ मा पहिला प्रवक्ताज्यू लड्नु भएको हो । उहाँ नलड्ने अवस्थामा क्षेत्रमै काम गरेका नेताहरुले टिकट पाउँनु पर्छ । स्थानिय उम्मेदवार बलियो र सक्षम पनि हुन्छ । जनता र कार्यकर्ताले समेत सहजै अपनत्व ग्रहण गर्ने भएकाले निर्वाचन जित्न थप बलियो आधार बन्दछ ।

    क्षेत्र भन्दा वाहिरबाट पनि उम्मेदवार बन्ने चर्चा छ । वाहिरवाट पनि आउने सम्भावना छ ?

    अव क्षेत्र भन्दा बाहिरवाट उम्मेदवार आउँने सम्भावना देखिदैन । आउँन पनि हुँदैन । क्षेत्रमा काम गरेको, कार्यकर्ता र मतदाता विचमा घुलमिल भएको र स्थानिय एजेण्डा र अवश्यकतालाई नजिकवाट बुझेको उम्मेदवार अहिलेको आवश्यकता हो ।
    क्षेत्रले नचिनेको, कार्यकर्ताले नचिनेको र यस क्षेत्रमा योगदान नगरेका कुनै पनि उम्मेदवार स्वीकार्य हुँदैन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij