काठमाडौं – नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले टिकट माग्ने आकांक्षीहरु धेरै भएको भन्दै दिक्दारी प्रकट गरेका छन । टिकटका आकांक्षीहरु धेरै भएकाले व्यवस्थापन गर्न कठिन परेको उनले बताए । एक कार्यक्रममा नेपालले भने – ‘उठेर दुई कदम हिड्न नसक्ने वृद्धले पनि टिकट मागेका छन ।’ टिकट नपाउनेहरु फेन्ट होलान भन्ने डर लागेको पनि नेपालले बताए । टिकटका लागी को सक्षम छ र को छैन भन्ने छुट्याउँन गाह्रो परेको अध्यक्ष नेपालले बताए ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
