काठमाडौं – आगामी मंसिर ४ गते हुने निर्वाचनमा सिट बाँडफाड गर्न सत्ता गठन्धन लाई सकस पर्दै जान थालेको छ । बुधवार साँझ गठवन्धनका शिर्ष नेताहरुले पनि कुनै सहमति जुटाउँन सकेन । कांग्रेस नेता कृष्ण सिटौला नेतृत्वको कार्यदलले सहमति गर्न नसके पछि शिर्ष नेताहरु नै छलफलमा छन ।
दलहरुले दावी गरेको सिट संख्यामा टसमस नगर्दा सहमति पेचिलो बनेको हो ।कांग्रेसले १०० सिटमा दाबी गरिरहेको छ । माओवादी केन्द्रले ६०, एकीकृत समाजवादीले ४०, जसपाले ३२ र जनमोर्चाले २ सिटमा दाबी गरिरहेको छ ।
माधव नेपाल भन्छन :अपमान सहन्न
नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले सम्मानजनक सिट पाउँनु पर्ने बताएका छन । उनले उब्रेको सिट दिए मान्य पहुँचे चेतावनी समेत दिएका छन । वुधवार नेपालले सार्वजनिक रुपमै असन्तुष्टी प्रकट गरेका हुन ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
