काठमाडौं – नेपाली कांग्रेसका नेता कृष्ण वस्तीले काठमाडौं क्षेत्र नं ५ अन्तर्गत प्रदेश’ख’मा प्रदेश सभा सदस्यको उम्मेदवारी दावी प्रस्तुत गरेका छन । २०५० साल देखि पार्टीको विभिन्न तहको नेतृत्वमा रहेर काम गर्दै आएका वस्ती कांग्रेस क्षेत्र नं ५ का निर्वतमान सचिव हुन ।
“लामो समय पार्टी संगठन निर्माणमा काम गरें,अहिले प्रदेश सभा सदस्यमा दावी गरेको छु” – वस्तीले भने । पार्टीको इकाई देखि क्षेत्र सम्म पदाधिकारी भएर काम गरेका वस्ती यस पटक पार्टीले मुल्याङ्कन गर्नेमा विश्वस्त देखिन्छन । उनले भने – “पार्टीका साथीभाई र आममतदाताले मलाई स्वीकार गरी सहयोग गर्ने अपेच्क्षा राखेको छु ।”
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
