काठमाडौं– नेकपा (एमाले) को पोलिटब्यूरो बैठकले भोलिदेखि सुरु हुने केन्द्रीय कमिटीका लागि ११ वटा एजेण्डा तय गरेको छ ।
केन्द्रीय पार्टी कार्यालय, च्यासलमा बसेको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले आफ्नो राजनीतिक प्रतिवेदनको सारांश प्रस्तुत गरेका थिए । भोलिको बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्ने पहिलो एजेण्डा छ ।
चुनावको तयारी, थपिएका चार जना केन्द्रीय सदस्यको सपथ र कार्यविभाजन, सचिवालयले गरेका निर्णयहरुको अनुमोदन, उम्मेदवार छनोट प्रक्रिया र मापदण्ड, स्थानीय चुनाव भएको अन्तरघातबारे छानबिन गर्न बनेको कार्यदलको प्रतिवेदन पेश गर्ने पनि एजेण्डा रहेको एक नेताले जानकारी दिए ।
पार्टीका ५२ हजार ५५० संगठित सदस्यहरुको नम्बर दोहोरिएकाले त्यसको व्यवस्थापन गर्ने, सल्लाहकार परिषद् र तीन आयोगको प्रतिवेदन पेश गर्ने, प्रवास कमिटीसम्बन्धी नियमावली बनाउने पनि बैठकको एजेण्डा रहेको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
