काठमाडौं – मंसिर ४ गते आम निर्वाचन घोषणा भए पछि राजनितिक दलहरु आफु अनुकूल वातावरण निर्माण गर्न सक्रिय छन । सत्तामा सहभागी चार दल र जनमोर्चा समेत गरेर पाँच दलको औपचारिक मोर्चा निर्माण भइसकेको छ । उनीहरुले कार्यदल बनाएर सिट भागवण्डा को छलफल अघि बढाई सकेका छन । लोकतान्त्रिक समाजवादी पार्टी र नेपाल समाजवादी पार्टी पनि सत्तारुढ गठवन्धनमा सामेल हुने कसरतमा छन ।
कुनै समय माओवादीको शिर्ष नेतृत्वमा रहेका पर्व प्रधानमन्त्री डा. बाबुराम भट्टाराई को नेपाल समाजवादी पार्टी पनि आगामी निर्वाचनमा अस्थित्वको खोजिमा छ । जनता समाजवादी वाट विभाजित भएर बनेको नेपाल समाजवादीका अध्यक्ष बनेका भट्टराईले माओवादीसंग मोर्चा बनाएर एउटै निर्वाचन चिन्ह लिएर चुनावमा जाने प्रयासमा छन । उनले माओवादी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठसंग यस विषयमा छलफल समेत गरेका छन ।
माओवादी नेताहरु संग भेटेको अघिल्लो दिन उनले प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा संग समेत भेटवार्ता गरेका थिए । उनी यहि एजेण्डा बोकेर नेकपा एकिकृत समाजवादी का अध्यक्ष माधव कुमार नेपाल संग समेत भेट्ने योजनामा छन ।
अघिल्लो आम निर्वाचनमा कांग्रेससँग मिलेर संसद छिरेका भट्टराइलाई अहिले अस्थित्व रक्षाकै चुनौति छ । उनलाई गोरखाको निर्वाचन क्षेत्र समेत सहज छैन ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
