Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

 डा. सिके राउतको जनमत पार्टी मूलधारका मधेश केन्द्रित दलको चुनौति


  • शुक्रबार, साउन २० २०७९

  •  डा. सिके राउतको जनमत पार्टी मूलधारका मधेश केन्द्रित दलको चुनौति

    काठमाडौं – कुनै वेला मधेशलाई छुट्टै राष्ट्र बनाउँनु पर्छ भन्ने विखण्डनकारी एजेण्डाको नेतृत्व गरेका सिके राउत केपी ओली नेतृत्वको सरकारको वेला आफ्नो एजेण्डा त्यागेर मूलधारको राजनितिमा आए । गएको स्थानिय निर्वाचन उपयोग गरेका राउत ले तराई – मधेशमा केहि सफलता समेत हात पारे । खासगरी पूर्वि मधेशमा उनको केहि प्रभाव देखियो ।

    शान्तिपूर्ण राजनितिमा आए पनि राउत नेतृत्वको जनमत पार्टीले मधेशमा भ्रष्टाचार विरोधी अभियानका नाममा बलपूर्वक राजनितिक गतिविधिलाई नै जोड दियो । विशेषगरी मधेश केन्द्रीत पार्टी जनता समाजवादी र लोकतान्त्रीक समाजवादी पार्टीलाई निशाना बनाउँदै राजनितिक गतिविधि केन्द्रित गऱ्यो । कतिपय ठाँउमा हिंसात्मक शैली गतिविधि समेत भए ।

    अहिले राउतको जनमत पार्टी मधेश केन्द्रीत दलहरुका लागी चुनौति बनेको देखिन्छ । मधेशका नाममा राजनिति गरेर सधै सत्ताको रोटी सेकाउन पल्किएका मूलधारा का मधेश केन्द्रीत दलहरु लाई राउतको जनमत पार्टी चुनौती बन्ने देखिदै जान थालेको छ ।

    मधेशमा सबैभन्दा वढी प्रभाव राख्ने जसपालाई लक्षित गरेर अध्यक्ष उपेन्द्र यादव निर्वाचित भएको सप्तरीको क्षेत्र नं . २ वाट अध्यक्ष राउतले आफ्नो उम्मेदवारी घोषणा गरेका छन । यसको अर्थ जनमत पार्टी मधेशका मूलधारका पार्टी विरुद्ध आमने समने हुन चाहन्छ भन्ने प्रष्ट सन्देश देखिन्छ ।

    राउतले अन्य सुरक्षित विकल्प खोज्नु भन्दा मधेश केन्द्रित दलहरुसंग नै भिडेर आफ्नो राजनितिक स्पेश निर्माण गर्न चाहेको देखिन्छ ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij