काठमाडौं – यु – २० साफ च्याम्पियनसिप फुटवल अन्तर्गत मंगलवार भएको खेलमा बंगालादेश संग नेपालले वरावरी खेलेको छ । लिगको अन्तिम खेलमा नेपाल र बंगालादेश विच १ – १ को वरावरी भएको हो । खेल तनावपूर्ण बनेको थियो । बंगालादेशी खेलाडीले नेपाली खेलाडी लाई लडाए पछि हातहालाहालको स्थिति बन्यो । रेफ्रीले तीन खेलाडीलाई रातो कार्ड दिएका थिए । रेफ्रीले बंगलादेशका साहिदुल स्लाम र नेपालका दिपेश गुरूङ र बेन्चमा रहेका रोहित सुब्बाले रातो कार्ड दिएका हुन ।
बरावरी खेले पनि नेपालको फाइनल यात्रा कठिन बनेको छ । बंगालादेश १० अंक सहित शिर्ष स्थानमा छ भने नेपाल ७ अंक सहित दोस्रो स्थानमा छ । अव माल्दिप्सला भारतलाई हराएमा मात्र नेपाल फाइनल मा पुग्ने छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
