काठमाडौं – मुलुकमा को भिड संक्रमणको दर हवात्तै बढेसंगै राजनितिक नेताहरु समेत धमाधम संक्रमित हुन थालेका छन । कांग्रेस नेता डा.शेखर कोइराला कोभिड संक्रमणबाट स्वास्थ समस्या देखिए पछि ग्राण्डी अस्पताल भर्ना भएका छन ।
एमाले बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल पनि कोभिड संक्रमित भएका छन । उनी आफ्ना निर्धारित राजनितिक कार्यक्रम स्थगित गरेर धापासीस्थित निवासमा स्वास्थ्य लाभ गरिरहेका छन ।
कोभिड संक्रमणले दुई मुख्यमन्त्री समेत आराम गरिरहेका छन । प्रदेश नं . १ का मुख्यमन्त्री राजेन्द्र राई कोभिड संक्रमण का कारण आराम गरिरहेका छन । मुख्य मन्त्री राईकी पत्नी र सचिवालयका कर्मचारीमा समेत संक्रमण देखिएको छ । त्यस्तै वाग्मती प्रदेश मुख्यमन्त्री राजेन्द्र पाण्डेलाई पनि कोभिड संक्रमण देखिएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
