काठमाडौं – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले समाजवादी केन्द्र नबन्ने बताएका छन । वाम पार्टीविच समाजवादी केन्द्र निर्माण हुने चर्चा चलिरहेका वेला दाहालले समाजवादी केन्द्रवारे छलफल नै नभएको दावी गरेका हुन । उनले चुनावमा एउटै चिन्ह लिएर जानेवारे छलफल भएको बताए । पाँच दलिय गठवन्धन चुनाव सम्मै जाने पनि प्रष्ट पारे । प्रेस सेन्टरको बैठकलाई सम्बोधन गर्दै दाहालले यहि गठवन्धनले शान्ति प्रक्रिया टुङ्गोमा पुऱ्याउने पनि बताए ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
