Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

संवैधानिक परिषद सम्बन्धि विद्येयक फिर्ता हुनुपर्ने कांग्रेस महामन्त्री शर्मा र थापाको माग


  • सोमबार, असार २७ २०७९

  • संवैधानिक परिषद सम्बन्धि विद्येयक फिर्ता हुनुपर्ने कांग्रेस महामन्त्री शर्मा र थापाको माग

    काठमाडौं – संवैधानिक परिषद सम्बन्धि विद्येयक को विरोध गर्दै कांग्रेस महामन्त्री द्धय विश्वप्रकाश शर्मा र गगन थापाले फिर्ता लिनु पर्ने बताएका छन । महामन्त्री शर्माले भने – ‘ओलिको पालामा जो गलत, देउवाको पालामा पनि गलत, यसमा सतप्रतिशत प्रष्ट छौं हामी !’

    ‘संवैधानिक परिषद् सम्बन्धि विधेयक अविलम्ब फिर्ता त हुनुपर्छ शर्माले यस्तो भयो कसरी ? हुन्छ कसरी ? गर्छ कसले ? सल्लाह दिन्छ कसले ?’भन्ने प्रश्न समेत गरेका छन । शर्माले भने – यो दु:खद छ l प्रधानमन्त्री शेरबहादुर देउवाको गम्भीर जवाफदेहीता जरुरी छ l
    यसैगरी अर्का महामन्त्री थापाले पनि आज आयोजित एक कार्यक्रममा सम्बैधानिक परिषद सम्बन्धी विधेयक फिर्ता लिनु पर्ने बताएका छन । यस विषयमा प्रधानमन्त्री संग कुरा भइरहेको थापाले बताए ।
    संवैधानिक परिषद्मा ६ जना रहन्छन् । जसमा प्रधानमन्त्री, राष्ट्रिय सभा अध्यक्ष, प्रतिनिधिसभा सभामुख, उपसभामुख र प्रमुख प्रतिपक्षी दलका नेता र प्रधानन्यायाधीश रहन्छन् । सरकारले ल्याएको विधेयकअनुसार अब तीनजना भए मात्र पनि संवैधानिक निकायमा नियुक्ति गर्ने बाटो खुल्नेछ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij