काठमाडौं – बंगलादेशले वेष्ट इन्डिजविरुद्धको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ६ विकेट विजय हासिल गरेको छ । वेष्ट इन्डिज भ्रमणमा रहेको बंगलादेशले गाएनास्थित प्रोभिडेन्स रंगशालामा टस जितेर वेष्ट इन्डिजलाई ब्याटिङको निम्तो दिएको थियो । वेष्ट इन्डिजले ४१ ओभरमा ९ विकेट गुमाएर १४९ रन बनायो । १५० रनको लक्ष्य बंगलादेशले ३१.५ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको हो ।
यसअघि तीन खेलको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलामा वेष्ट इन्डिजले २–० ले जितेको थियो ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
