काठमाडौं – नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक आज बस्दैछ । १९ असारदेखि काठमाडौंमा जारी बैठकमा आज पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले नेताहरुले उठाएका प्रश्नको जवाफ दिंदै छन् । प्रज्ञा भवन कमलादीमा बैठक बिहान ११ बजेपछि बस्ने छ ।
आजको बैठकमा अध्यक्ष प्रचण्डले पोलिटव्युरो, स्थायी र पदाधिकारी प्रस्ताव गर्ने सम्भावना छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
